अर्घाखाँची, छत्रदेव (केरुङ्गा) | वैशाख २०, २
०८३अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ४, केरुङ्गा, बल्कोटमा अवस्थित ऐतिहासिक श्री महेन्द्र विद्या बोध नेत्रलाल राममणि माध्यमिक विद्यालयले आफ्नो ६३ औँ वार्षिकोत्सव, अक्षयकोष छात्रवृत्ति वितरण तथा अभिभावक दिवस एक भव्य समारोहका बीच सम्पन्न गरेको छ।वि.सं. २०२० मा स्थापना भएको यस विद्यालयको हीरक जयन्ती उन्मुख उत्सवको समुद्घाटन प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय हरिप्रसाद भुसालले गर्नुभएको थियो। सो अवसरमा विद्यालय परिवारले सांसद भुसाललाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकोमा विशेष सम्मान समेत गरेको थियो।’गल्ती गर्ने जोसुकै होस्, राज्यले छाड्दैन’कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भुसालले देशमा सुशासन र विधिको शासन कायम गर्न राज्य कठोर रूपमा प्रस्तुत हुने बताउनुभयो। उहाँले भन्नुभयो, “राज्यले व्यापारी थुनेर मात्र देश बन्छ भन्ने मान्दैन, तर हरेक मान्छे विधि र थितिमा बस्नुपर्छ। विधि नमान्नेलाई राज्यले दायरामा ल्याउँछ। सत्ता र शक्तिको दुरुपयोग गर्ने कोही पनि उम्किँदैनन्, गल्ती गर्ने जोसुकै होस् राज्यले कसैलाई छाड्दैन।”सांसद भुसालले अगाडि थप्नुभयो, “राज्यलाई नटेर्ने र कानुन अस्वीकार गर्नेलाई कानुनको कठघरामा उभ्याउन सरकार प्रतिबद्ध छ। यसका लागि आम नागरिकको साथ र सहयोग आवश्यक छ।”युवा पुस्तालाई स्वदेशमै बस्ने वातावरणवर्तमान समयमा युवा र विद्यार्थीहरूको विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै उहाँले सरकारको मुख्य प्राथमिकता हुर्कँदै गरेका बालबालिकाहरूका लागि स्वदेशमै अवसर सिर्जना गर्नु रहेको बताउनुभयो। “हाम्रा भर्खर हुर्कँदै गरेका नानीबाबुहरूलाई यही देशमा बस्ने, पढ्ने र भविष्य देख्ने वातावरण बनाउन सरकार उद्यत छ,” भुसालले भन्नुभयो।विविध कार्यक्रम र छात्रवृत्ति वितरणसमारोहमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा जेहेन्दार विद्यार्थीहरूलाई अक्षयकोषबाट छात्रवृत्ति वितरण गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरेका थिए।विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आगामी योजनाहरूका बारेमा समेत छलफल गरिएको थियो।
श्री महेन्द्र विद्या बोध विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न: ‘विधिको शासन र सुशासनमा सम्झौता हुँदैन’– सांसद भुसाल

jfohyhkmfvqnshfnyofzkyhjtdqhyp
ozeiuzuhipkwxnsztjoggstwdiwilg