जनयुद्धका लडाकु तथा कलाकार प्यासीको परिवारलाई’आभास मल्टिभर्स’ द्वारा आर्थिक सहयोग

सन्धिखर्क, अर्घाखाँची ।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–२, भक्तिटोलमा हालै सञ्चालनमा आएको कम्पनी AVASH MULTIVERSE PVT. LTD. ले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत एक आर्थिक सहयोग कार्यक्रम सम्पन्न गरेको छ।कम्पनीका संस्थापक आभास खड्का (Avash Khadka) को तर्फबाट समाजप्रतिको उत्तरदायित्वलाई मध्यनजर गर्दै एक विपन्न एवं वर्गलाई सहयोग गरिएको कम्पनीले जनाएको छ। जसअन्तर्गत सन्धिखर्क नगरपालिका–९, अर्घा निवासी भूतपूर्व माओवादी लडाकु श्रीमती बिन्दु बी.का. लाई नगद रु ७,००० (सात हजार) आर्थिक सहयोग प्रदान गरिएको हो।उक्त सहयोग रकम एक संक्षिप्त कार्यक्रमका बीच कम्पनीका म्यानेजर आकास आचार्य (Aakash Acharya) मार्फत सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको थियो।”स्थानीय स्तरमा रोजगारी सिर्जना, उद्योग तथा व्यवसाय प्रवर्द्धनसँगै सामाजिक सेवामा समेत सक्रिय रहने हाम्रो मुख्य उद्देश्य हो। आगामी दिनमा पनि समाजका आवश्यक परेका व्यक्ति तथा क्षेत्रहरूमा यस्ता मानवीय र सामाजिक सहयोगलाई निरन्तरता दिनेछौँ।”— AVASH MULTIVERSE PVT. LTD.हालै मात्र सञ्चालनमा आएको यस कम्पनीले व्यवसायिक सफलतासँगै सामाजिक सेवामा पनि आफ्नो बलियो उपस्थिति देखाउन सुरु गरेको भन्दै स्थानीय स्तरमा यस कार्यको सराहना गरिएको छ। भविष्यमा पनि विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा आवश्यक सहयोग गर्दै जाने योजना कम्पनीले बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *