सन्धिखर्कमा बृहत् निःशुल्क योग विज्ञान शिविर सुरु

सन्धिखर्क, अर्घाखाँची पतञ्जलि योग समिति नेपालको आयोजनामा अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि बृहत् निःशुल्क योग विज्ञान शिविर भव्य रूपमा सुरु भएको छ। समुदायमा स्वस्थ जीवनशैली र सकारात्मक ऊर्जा प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो शिविर सञ्चालन गरिएको हो।नगर प्रमुखद्वारा समुद्घाटनशिविरको एक विशेष समारोहका बीच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले समुद्घाटन गर्नुभयो। शिविरमा सहभागीहरूलाई विभिन्न योगासन, प्राणायाम, र स्वस्थ खानपानका विषयमा प्रशिक्षित गरिनेछ। पतञ्जलि योग समितिले “योग गरौँ, निरोगी बनौँ” भन्ने मूल नाराका साथ देशभर अभियान चलाउँदै आएको सन्दर्भमा सन्धिखर्कमा यो शिविर आयोजना गरिएको हो।कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा ठुलो संख्यामा योगप्रेमी महानुभावहरूको उपस्थिति रहेको थियो। आगामी १६ गतेसम्म चल्ने यस शिविरमा इच्छुक सबै नगरवासीलाई सहभागी भई लाभ लिन आयोजकले अनुरोध गरेको छ।

One thought on “सन्धिखर्कमा बृहत् निःशुल्क योग विज्ञान शिविर सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *