भूमिकास्थान नगरपालिकाद्वारा कक्षा ८ को ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

भूमिकास्थान, अर्घाखाँची भूमिकास्थान नगरपालिकाले आधारभूत तह (कक्षा ८) को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशन गरेको छ। नगरपालिकाको शिक्षा समितिको मिति २०८३/०१/११ गतेको निर्णयानुसार नतिजा सार्वजनिक गरिएको हो।नगरपालिका अन्तर्गतका विद्यालयहरूमा यही मिति २०८३ वैशाख १० र ११ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको थियो। परीक्षामा सहभागी विद्यार्थीहरूको नतिजा सम्बन्धित विद्यालयहरूले अनलाइन माध्यमबाट हेर्न सक्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ।नतिजा कसरी हेर्ने?नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत टिकाराम आचार्यका अनुसार विद्यालयहरूले निम्न प्रक्रिया अपनाएर विद्यार्थीको नतिजा प्राप्त गर्न सक्नेछन्:

सम्बन्धित विद्यालयको IEMIS पोर्टलमा गई आफ्नो ID र Password प्रयोग गरी लग-इन गर्ने।ड्यासबोर्ड (Dashboard) भित्र रहेको ‘Manage Exam’ मा जाने।त्यहाँ ‘Grade wise ledger’ मा क्लिक गरी वर्ष ‘2082’ र कक्षा ‘8’ छनोट गरेर ‘Load’ गरेपछि

विद्यार्थीहरूको नतिजा र लेजर डाउनलोड गर्न सकिनेछ।नगरपालिकाले नतिजा प्रकाशन सम्बन्धी आधिकारिक सूचना जारी गर्दै सबै सरोकारवालाहरूलाई जानकारी गराएको छ।

One thought on “भूमिकास्थान नगरपालिकाद्वारा कक्षा ८ को ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *